You are viewing the translated version of दरबन्दी सिर्जना र पदपूर्ति सम्बन्धी विशेष व्यवस्था.

Section 20
दरबन्दी सिर्जना र पदपूर्ति सम्बन्धी विशेष व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन बमोजिम समायोजनको कार्य सम्पन्न नभएसम्म दफा ३ बमोजिमको अवस्थामा बाहेक नेपाल प्रहरी र प्रदेश प्रहरीको कुनै निकायको लागि सङ्गठन संरचना र दरबन्दी सिर्जना गरिने छैन।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम प्रहरी कर्मचारीको समायोजन भएपछि रिक्त हुन आउने नेपाल प्रहरी सेवाको पदमा दफा १६ बमोजिम पुल दरबन्दीमा रहेका सम्बन्धित समूह वा उपसमूहका प्रहरी कर्मचारीलाई ज्येष्ठताको आधारमा मिलान गरेर बाँकी पदमा मात्र पदपूर्ति गर्न सकिनेछ।